सोमबार, असार १५,२०८३ 02:29:21
Bizshala
  • सोमबार, असार १५,२०८३ 02:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा

Laxmi Sunrise Bank Limited
दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा

काठमाण्डौ । दैलेखमा नेपालका लागि ५० वर्षसम्म पुग्ने ग्यासको भण्डारण हुनसक्ने एक अध्ययनले देखाएको छ । चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा यस्तो देखिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल सरकालाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास हुन सक्ने उल्लेख गरिएको छ । दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्याँसको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । यी सबै चारवटा भण्डारणबाट ग्याँस प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० बर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ड्रिलिङ गरेर अध्ययन सुरु गरेका थिए ।

नेपाल सरकार र चीन सरकारसँग २०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब २ अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भएको थियो । 

सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैलेखसहितका स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.