शुक्रबार, बैशाख ४,२०८३ 06:08:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 06:08:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

Bizshala
उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै ढकालले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका हुन्।  

उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताए । महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताए।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे । यस्तै उनले महासंघले रोजगारदाता र श्रमिकसंगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राखे ।    

अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिए ।  

उनले जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको बताए ।  

संघले साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन, रोजगारी सिर्जना, कर तथा प्रशासनिक झन्झटको समाधान र पूर्वाधार सुधारका विषयमा खेलेको भूमिकाको प्रशंसा गर्दै आउने दिनमा थप रचनातमक कार्य हुने अपेक्षा गरेको बताए ।  

महासंघले सरकारसँग सहकार्य गर्दै नीति सुधार, लगानीमैत्री वातावरण र अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धनमा काम गरिरहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक पुनरुत्थानका लागि निजी–सरकारी साझेदारी अपरिहार्य भएको धारणा राखे । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.