आईतवार, असार १४,२०८३ 09:38:37
Bizshala
  • आईतवार, असार १४,२०८३ 09:38:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

Laxmi Sunrise Bank Limited
महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने  (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।  

उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्रयाउन सकिने बताउनु भयो । अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राखे ।  

स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरे । साथै उनले  समझदारीपत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिवद्धता जनाए ।  

“प्रस्तावित यो समझदारीपत्रमा  व्यापार प्रवद्र्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, र साना तथा मझौला उद्योगहरु बीच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन् । ,” उनले भने ।  

यस्तै उनले संयुक्त लगानी, प्राविधिक सहकार्य, र ज्ञान साझेदारीका लागि समझदारीपत्र एक सशक्त प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे ।  

अध्यक्ष ढकालले स्पेनिश व्यवसायहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारीपत्रले तयार पार्ने उल्लेख गरे ।  

उनले साना तथा मझौला उद्योगहरुको  भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल–स्पेन दुवै देशमा यी उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै उहाँले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरु सिर्जना गरेको जानकारी दिए। उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिश लगानीको ठूलो सम्भावना रहेको बताए ।  

स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखिन् । उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गरिन् ।  

यस्तै उनले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राखिन् ।  

भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।  

भेटवार्ताका अवसरमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल, महासंघका कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता थियो । गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोलीमा सम्मिलित रहँदा महासंघका अध्यक्ष ढकालले स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रिएरालाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.