शनिबार, असार १४,२०८२ 06:38:44
  • शनिबार, असार १४,२०८२ 06:38:44
Global IME Bank Limited

नेपालमा लगानी बढाउन कुटनीतिक समुदायलाई महासंघ अध्यक्ष ढकालको आह्वान

Hyundai Nepal
नेपालमा लगानी बढाउन कुटनीतिक समुदायलाई महासंघ अध्यक्ष ढकालको आह्वान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धि बिचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।  

अवैतनिक कन्सुलर कर्प्स नेपाल ( एसोसिएसनले  आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ  सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कुटनीतिक समुदायलाई आग्रह गरेका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुदाँ लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरिएको अध्यक्ष ढकालले उल्लेख गरे ।  

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढि भन्दा बढि लगानीकर्ताहरुलाई सहभागि गराइ लगानी जुटाउन पनि कुटनीतिक समुदायलाई आग्रह गरे । आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा  वाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

नेपाल विकासोन्मुख देशको रुपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा  प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरु सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.