काठमाण्डौ । नेकपा एमालेले ‘नेशनल भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्ड घोषणा गरेको छ । काठमाण्डौको माइतीघरस्थित कार्की ब्याङ्क्वे््टमा आज आयोजित कार्यक्रमका बीच ११ सदस्यीय नेशनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणा गरिएको हो ।
उक्त कमाण्डको घोषणा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले गरेका गरको हुन्।
केन्द्रीय कमाण्डरको प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । उक्त कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्न ‘नेशनल भोलेन्टियर फोर्स गठन भएको बताउँदै उनले कसैलेपनि नआत्तिनु पर्ने बताए । उनले यो कसैका विरुद्धमा नभएको बताउँदै हिंसा, आतंकका विरुद्ध भएको उल्लेख गरे ।

