शनिबार, श्रावण २,२०८३ 08:24:59
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:24:59
Bizshala
Global IME Bank Limited

अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?

अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
New Office

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न आन्दोलन र अस्थिर अवस्थाका समयमा नेपालमा बारम्बार निजी क्षेत्र नै निशानामा पर्दै आएको टिप्पणी गरे।

कोहलपुरमा आज आयोजित कोहलपुर महोत्सवको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले २०६२/६३ को जनआन्दोलनदेखि हालसालैका आन्दोलनहरू(चैतको आन्दोलन वा भदौमा देखिएको जेनजी आन्दोलनसम्म)हरेक चरणमा निजी क्षेत्रमाथि आक्रमण केन्द्रित हुने गरेको बताए। यसले निजी क्षेत्र मात्र होइन, समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत गम्भीर असर पुर्‍याएको उनको भनाइ थियो।

उनले निजी क्षेत्र कुनै सीमित व्यक्ति वा कम्पनीको हितका लागि नभई मुलुकको आर्थिक मेरुदण्ड र समृद्धिको आधार भएको स्पष्ट गर्दै, यो तथ्य राज्यले जनस्तरसम्म प्रभावकारी रूपमा बुझाउन आवश्यक रहेको बताए। राज्यको स्पष्ट धारणा र संरक्षण नभएसम्म निजी क्षेत्रले यस्ता चुनौती दोहोर्‍याइरहने जोखिम रहेको उनको भनाइ थियो।

भूकम्प, कोभिड महामारी र अन्य विभिन्न संकटका कारण कमजोर बनेको अर्थतन्त्र हाल आगजनी र अव्यवस्थाले थप क्षति बेहोर्नुपरेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले कठिन परिस्थितिबाट उठ्ने बाहेक अन्य विकल्प नरहेको भन्दै सबैले आत्मबल बढाएर अघि बढ्नुपर्ने धारणा राखे।

निजी क्षेत्रको छाता संगठनको हैसियतमा महासंघले सरकारसँग निरन्तर संवाद गर्दै आएको जानकारी दिँदै उनले निजी क्षेत्रको सुरक्षाका लागि प्रस्ताव गरिएको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता जनाएको बताए।

देशको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान दिने निजी क्षेत्र हाल मनोबल गुमाएर निराश अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय तहमा आयोजना हुने मेला–महोत्सवहरूले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

साथै, यस्ता महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय प्रतिभाको हौसला बढाउन आयोजकहरूले विशेष ध्यान दिनुपर्ने सुझाव पनि उनले दिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.