शुक्रबार, जेष्ठ १,२०८३ 05:39:11
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:39:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकको नाफामा १५०%को उछाल, लाभांश क्षमता २०.१३% पुग्यो

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकको नाफामा १५०%को उछाल, लाभांश क्षमता २०.१३% पुग्यो
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको खुद नाफा १५०.२० प्रतिशतले वृद्धि भएको छ । बैंकले समीक्षा अवधिमा १ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ५३ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ५.१५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ अर्ब ११ करोड रुपैयाँ रहको बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

Bizshala
New Office
CG Motors

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७४ करोड र लाभांश क्षमता २०.१३ प्रतिशत रहेको छ ।

बैंकले खराब कर्जा अनुपात पनि घटाउन सफल भएको छ । अघिल्लो आवमा ४.५० प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर ३.४५ प्रतिशतमा सीमित बनेको छ । कस्ट अफ फण्ड पनि ५.०७ प्रतिशतबाट ३.९० प्रतिशतमा सीमित बनेको छ ।

अघिल्लो आवमा ३.७९ प्रतिशत रहेको रिर्टन अन इक्विटी बढेर ८.५५ प्रतिशत कायम भएको छ । यस्तै बैंकले निक्षेप संकलन २ खर्ब ९० अर्ब र २ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ७.१९ प्रतिशतबाट बढेर १७.९८ प्रतिशत पुगेको छ ।

यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३६०.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.४५ गुणा र तरलता अनुपात ३०.४० प्रतिशत कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.