शुक्रबार, श्रावण ८,२०८३ 03:01:04
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:01:04
Bizshala
Global IME Bank Limited

मेटलाइफ अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित

मेटलाइफ अग्रणी बीमा कम्पनीको रूपमा सम्मानित
New Office

काठमाण्डौ । मेटलाइफ लगातार सातौँ वर्ष Fortune World’s Most Admired Companies को सूचीमा सूचीकृत भएको छ । सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ । यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाई छ ।

‘करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ,’ मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भने,‘यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीहरूको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।’

फच्र्युन र कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्याङ्कन गर्दै आएका छन् । यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरिन्छ । ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन् ।

मेटलाइफलाई प्राप्त यो सम्मान सन् २०२५ मा १० औँ स्थानमा रहँदै लगातार दोस्रो वर्ष फच्र्युन वल्ड्र्स २५ बेस्ट वर्कप्लेस सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्क को प्रमाणपत्र प्राप्त गरेपछिको उपलब्धि हो । यी सबै उपलब्धिहरूले मेटलाइफको उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृति तथा आफ्ना कर्मचारी, ग्राहक र सेवा प्रदान गर्ने समुदायप्रति रहेको दृढ प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.