काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।
काठमाडौंस्थित बेलायती राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा मार्च ५ (फागुन २१) को निर्वाचनपश्चात् बन्ने सरकारसँग द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

