आईतवार, असार १४,२०८३ 05:27:25
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:27:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्वाट्स एपमा ठगी धन्दा मौलाएपछि साइबर ब्युरोले दियो ७ बुँदे सुझाव

Laxmi Sunrise Bank Limited
ह्वाट्स एपमा ठगी धन्दा मौलाएपछि साइबर ब्युरोले दियो ७ बुँदे सुझाव

काठमाण्डौ । हाल नेपालमा ‘ह्वाट्स एप’मा ठगी धन्दा मौलाउँदै गएपछि यसमा सतर्कता अपनाउन साइबर ब्युरोले सबैलाई अनुरोध गरेको छ ।  

ह्वाट्स एप ह्याक गरेर म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस् वा मेरो बैंकिङ एपमा समस्या आएर पैसा पठाउन सकिरहेको छैन, तपाई यस क्युआर कोडमा पैसा पठाइदिनुहोस’ भन्ने प्रकारका मेसेज पठाई ठगी गर्ने घटनाहरु बढिरहेकाले नागरिकले सचेतना अपनाउनुपर्ने ब्युरोले उल्लेख गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

साइबर ब्युरोले यस्तो अवस्थामा यस्ता खालका मेसेजहरुमा तुरुन्त विश्वास नगर्ने, सम्भव भएसम्म सो व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्न, शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न, टु–स्टेप भेरिफिकेसन अनिवार्य रुपमा प्रयोग नगर्न र आफ्नो ओटिपी/भेरिफिकेसन कोड कसैलाई पनि नदिन अनुरोध गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै आफ्नो मोबाइल र एप्स नियमित रुपमा अपडेट गर्न र ह्वाट्स एप वेब प्रयोगपछि लगआउट गर्न ब्युरोले सुझाव दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.