Bizshala
  • आईतवार, चैत्र १५,२०८२ 12:38:14
Bizshala
Global IME Bank Limited

ओली पक्राउविरुद्धको एमाले प्रदर्शनमा फरार अभियुक्तको संलग्नता भेटियो !

Hyundai Nepal
ओली पक्राउविरुद्धको एमाले प्रदर्शनमा फरार अभियुक्तको संलग्नता भेटियो !
Shivam Cement

काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध गरिएको प्रदर्शनमा फरार अभियुक्तहरू समेत संलग्न रहेको खुलेको छ। प्रहरीका अनुसार शनिबार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेको पुष्टि भएको हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार धमला दुई वटा फरक मुद्दामा फरार सूचीमा रहेका व्यक्ति हुन्। उनलाई हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरीले जनाएको अनुसार, प्रदर्शनका क्रममा धमलाले बबरमहलस्थित एक निजी स्कोर्पियो गाडीमा तोडफोड गर्ने प्रयास गरेका थिए, त्यसपछि उनलाई नियन्त्रणमा लिइएको हो।

उक्त प्रदर्शनबाट पक्राउ परेका अन्य ६ जनालाई भने सामान्य सोधपुछपछि रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.