शुक्रबार, श्रावण ८,२०८३ 03:04:02
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 03:04:02
Bizshala
Global IME Bank Limited

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु
New Office

काठमाण्डौ । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया कम गर्दै र चरणहरूलाई सरल बनाउँदै, दैनिक रूपमा धेरै नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत सहज अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

‘सुरक्षा ३६०’ ले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुरक्षणहरू एउटै योजनाभित्र समेटेको छ, जसले ग्राहकलाई फरक–फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ ।

जीवन र स्वास्थ्यसँग सम्बन्धित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना सिल्वर, गोल्ड र प्ल्यातिनम  गरी तीन वटा प्याकेजमा उपलब्ध छ । ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त योजना छनोट गर्न सक्नेछन् । रु. २३ लाखदेखि रु. ४६ लाखसम्मको बीमा सुरक्षण उपलब्ध रहेको यस योजनाको वार्षिक बीमाशुल्क छनोट गरिएको प्याकेज अनुसार रु. ३,८१० बाट सुरु हुने भएकाले १८ देखि ५० वर्ष उमेर समूहका धेरै नेपालीका लागि समग्र बीमा सुरक्षण अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत, अरुणबहादुर बस्नेतले भने, ‘सुरक्षा ३६० ले जीवनका विभिन्न चरणमा ग्राहकलाई आवश्यक वित्तीय सुरक्षण प्रदान गर्नेछ । विश्वसनीय डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई सहज बनाउँदै, अझ धेरै नेपालीलाई वित्तीय सुरक्षातर्फ सचेत र जिम्मेवार कदम चाल्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.