बिहीबार, असार ११,२०८३ 04:25:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:25:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेरारीले सार्वजनिक गर्यो पहिलो विद्युतीय सुपरकार, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
फेरारीले सार्वजनिक गर्यो पहिलो विद्युतीय सुपरकार, मूल्य कति ?

काठमाण्डौ । इटालीको प्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीले आफ्नो पहिलो पूर्ण विद्युतीय (ईभी) सुपरकार ‘लुचे’ सार्वजनिक गरेको छ। करिब ६ लाख ४० हजार अमेरिकी डलर मूल्य पर्ने यो नयाँ मोडेल फेरारीको इतिहासमै पहिलो पाँच सिट भएको कार हो।

यो कारको मूल्य ६ लाख ४० हजार डलर तोकिएको छ ।

‘लुचे’, जसको इटालियन भाषामा अर्थ ‘प्रकाश’ हुन्छ, पूर्व एप्पल डिजाइन प्रमुख सर जोनी आइभद्वारा स्थापित लभफ्रमसँगको सहकार्यमा डिजाइन गरिएको हो। नयाँ डिजाइनले परम्परागत फेरारी शैलीभन्दा फरक रूप प्रस्तुत गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेड्ट्टो भिग्नाका अनुसार यो कार विकास गर्न करिब पाँच वर्ष लागेको थियो। उनले रोममा आयोजित कार्यक्रममा फेरारीले भविष्यको प्रविधि र परम्परागत प्रदर्शनलाई संयोजन गर्ने प्रयास गरेको बताए।

New Office
CG Motors
Garima Development Bank

नयाँ ‘लुचे’ मा प्रत्येक पाङ्ग्रामा फेरारीकै निर्माण गरिएको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसले कारलाई करिब २.५ सेकेन्डमै ६० माइल प्रतिघण्टा (९६ किमि प्रतिघण्टा) को गति दिन सक्षम बनाउँछ। कम्पनीले यसका सबै प्रमुख कम्पोनेन्ट आफ्नै कारखानामा उत्पादन गरिएको दाबी गर्दै भविष्यमा मर्मत तथा पुनःबिक्री मूल्य सुरक्षित रहने जनाएको छ।

तर सामाजिक सञ्जालमा भने यस कारको डिजाइनलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले फेरारीले आफ्नो ब्रान्ड नष्ट गर्‍यो भन्दै आलोचना गरेका छन् भने केहीले यसलाई डिजाइनको उत्कृष्ट नमुना भनेर प्रशंसा गरेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फेरारीका डिजाइन प्रमुख फ्वाभियो मान्जोनीले आलोचना नवप्रवर्तनको स्वाभाविक हिस्सा भएको प्रतिक्रिया दिएका छन्। उनले विद्युतीय फेरारीको नयाँ अवधारणा सुरुआतमा ध्रुवीकृत देखिए पनि समयसँगै मानिसहरूले यसको मूल्य बुझ्ने विश्वास व्यक्त गरे।

यसैबीच, फेरारीका प्रतिस्पर्धी ल्यामबोरगीनि र पोरस्सेले कमजोर मागका कारण आफ्ना विद्युतीय योजना घटाएका छन्। विशेषगरी चिनियाँ कम्पनीहरूको सस्तो र तीव्र उत्पादन क्षमताले पश्चिमी कार उद्योगलाई चुनौती दिइरहेको छ।

फेरारीले भने पेट्रोल, हाइब्रिड र विद्युतीय—तीनै प्रकारका गाडी उत्पादनलाई निरन्तरता दिने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.