Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 06:28:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उच्च मूल्यमा सेयर कारोबार भइरहेको झापा इनर्जीमा आगलागी, ६ करोडको क्षति

Laxmi Sunrise Bank Limited
उच्च मूल्यमा सेयर कारोबार भइरहेको झापा इनर्जीमा आगलागी, ६ करोडको क्षति
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा पछिल्लो समय उच्च मूल्यमा कारोबार भइरहेको झापा इनर्जी प्रालिको उत्पादन प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको कम्पनीको प्लान्टमा दिउँसो करिब २ः१० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीको कारण भने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ।

Bizshala
New Office
CG Motors

प्रहरीका अनुसार आगलागीबाट प्लान्टभित्र रहेका विभिन्न मेसिन, उपकरण तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार करिब ६ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

घटनामा कुनै मानवीय क्षति भने भएको छैन। प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो करिब ४० मिनेटपछि दिउँसो २ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

झापा इनर्जीका अध्यक्ष पूर्वसांसद तथा एमाले नेता लालप्रसाद साँवा हुन्।

उता, कम्पनीको सेयर बजारमा पनि यो विषय चर्चाको केन्द्र बनेको छ। 'JHAPA' संकेतमा कारोबार हुने झापा इनर्जीको सेयर मूल्य सोमबार ४५ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ४८० रुपैयाँमा बन्द भएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

सानो चुक्ता पूँजी र दोस्रो बजारमा सीमित सार्वजनिक सेयर उपलब्ध भएकाले कम्पनीको सेयरमा अस्वाभाविक मूल्य उतारचढाव तथा चलखेलको आशंका बेला–बेला उठ्दै आएको छ। आगलागीको घटनाले कम्पनीको सञ्चालन अवस्था र आगामी वित्तीय प्रभावबारे लगानीकर्तामाझ थप चासो बढाएको देखिएको छ।

कम्पनी तथा सम्बन्धित निकायबाट आगलागीको विस्तृत क्षति विवरण र यसको व्यावसायिक प्रभावबारे थप जानकारी आउन बाँकी छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.