Bizshala
  • मंगलवार, जेष्ठ १९,२०८३ 04:50:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयकोे भवन (सुलभ पहुँचयुक्त शौचालय सहित) आज उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक श्री हस्ां बहादुर खड्काज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

Bizshala
New Office
CG Motors

विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ्ग प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख

प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सानीभेरी गाउँपालिका वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खड्का, शिक्षकवर्ग, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतिक भएको बताए । 

विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो । आजको बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हुने विश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको हो ।

Garima Development Bank
Shivam Cement
Bizshala

उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण– सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.