शनिबार, कार्तिक ७,२०८३ 12:07:57
  • शनिबार, कार्तिक ७,२०८३ 12:07:57
Global IME Bank Limited

सिद्धार्थ बैंकले ल्यायो ‘गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा

Bizshala
सिद्धार्थ बैंकले ल्यायो ‘गोल्ड लोन’, सुन धितोमा ५० लाखसम्म कर्जा
New Office

 

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले आफूसँग रहेको सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

धितो राखिएको सुनको मूल्यांकनका आधारमा मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो कर्जामार्फत ग्राहकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक रकम व्यवस्थापन गर्न सक्नेछन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो सुविधा हालका लागि काठमाडौंको न्युरोड गेटस्थित सिद्धार्थ बैंकको शाखाबाट उपलब्ध हुनेछ।

यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.