बिहीबार, श्रावण ७,२०८३ 08:03:09
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:03:09
Bizshala
Global IME Bank Limited

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा शुरु गर्यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा शुरु गर्यो विशेष सर्च गाइड
New Office

काठमाण्डौ । मनसुनी वर्षासँगै आउने बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा विश्वसनीय सूचना पहुँचलाई सहज बनाउन विशेष सर्च गाइड सुरु गरेको छ।

टिकटकले २२ जुलाई २०२६ देखि नेपाली प्रयोगकर्तालाई बाढीसम्बन्धी प्रमाणित तथा अद्यावधिक जानकारी प्राप्त गर्न सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको जनाएको छ। प्राकृतिक विपद्का समयमा गलत सूचना फैलिन नदिन र प्रयोगकर्तालाई भरपर्दो स्रोतसम्म पुर्‍याउने उद्देश्यले यो पहल सुरु गरिएको हो।

अब टिकटकमा बाढीसम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट सूचना प्रमाणित गर्न प्रेरित गर्ने विशेष ब्यानर देख्नेछन्। उक्त सर्च गाइडमार्फत प्रयोगकर्ताले नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल द्यक्ष्एब्म्, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस तथा विपद्बाट प्रभावित व्यक्तिका लागि तयार गरिएको ट्र्याजिक इभेन्ट सपोर्ट गाइड मा सहज पहुँच पाउनेछन्।

टिकटकका अनुसार उक्त गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता संवेदनशील घटनाबारे जानकारी, मानसिक स्वास्थ्यसम्बन्धी सहयोग प्राप्त गर्ने उपाय तथा यस्ता घटनासँग सम्बन्धित सामग्री जिम्मेवार रूपमा शेयर गर्ने वा रिपोर्ट गर्ने प्रक्रियासम्बन्धी जानकारी समावेश गरिएको छ।

टिकटकका दक्षिण एसियाका लागि पब्लिक पोलिसी एन्ड गभर्मेन्ट रिलेसन्स प्रमुख फिरदौस मोत्ताकिनले संकटको समयमा सही सूचना पनि अन्य सहयोगजत्तिकै महत्वपूर्ण हुने बताए।

‘संकटका बेला मानिसहरूले खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराउनु आवश्यक छ। यसले समुदायलाई सुरक्षित, संयमित र सही जानकारीका आधारमा निर्णय लिन सहयोग गर्छ,’ उनले भने।

टिकटकले विश्वसनीय सूचना प्रवाहलाई प्राथमिकता दिँदै प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धताको हिस्सा स्वरूप यो सुविधा ल्याइएको जनाएको छ।

कम्पनीका अनुसार यस्ता सुविधा प्रयोगकर्ताको अनुभवमै समावेश गरेर महत्वपूर्ण समयमा आवश्यक स्रोत र जानकारीमा सहज पहुँच उपलब्ध गराउने तथा डिजिटल समुदायलाई थप सुरक्षित र जिम्मेवार बनाउने प्रयास जारी रहनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.