बुधबार, श्रावण २०,२०८३ 05:50:53
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:50:53
Bizshala
Global IME Bank Limited

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

निर्मल पुर्जासहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो
New Office

काठमाण्डौ । पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तान(एसीपी)ले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार आरोहीको शव सफलतापूर्वक उद्धार गरी ब्रोड पिकको बेस क्याम्पमा ल्याइएको जनाएको छ।

एसीपीका अध्यक्षले सामाजिक सञ्जालमार्फत जारी गरेको आधिकारिक वक्तव्यमा ४३ वर्षीय निर्मल पुर्जा, चिनियाँ आरोही झोङ वाङ, नेपाली आरोही निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त कठिन र प्राविधिक रूपमा चुनौतीपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको जानकारी दिएका छन्।

वक्तव्यमा भनिएको छ, ब्रोड पिकमा भएको अत्यन्त कठिन उद्धार अभियानपछि निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको छ।’

उद्धार अभियान अनुभवी आरोहीहरूको टोलीले सञ्चालन गरेको थियो। एसीपीले मिङ्मा जी शेर्पाको नेतृत्वमा रहेको टोली, जसमा सिरबाज खान, आबिद बैग, शेर्बाज, दिपेन गुरुङ र पेम्बा छेवाङ शेर्पा सहभागी थिए, उनीहरूको साहस, व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ।

एसीपीले बेलायती उच्चायोग र नेपाल दूतावासले कठिन समयमा गरेको सहयोगप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

यद्यपि उद्धार अभियानले महत्वपूर्ण सफलता हासिल गरे पनि ब्रोड पिक हिमपहिरोमा परेका थप तीन आरोही अझै बेपत्ता छन्। मौसम र परिस्थितिले अनुमति दिएसम्म उनीहरूको खोजी तथा उद्धार प्रयास जारी राखिने एसीपीले जनाएको छ।

ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका १० आरोहीको सम्झनामा काठमाण्डौको माइतीघर मण्डलामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा परिवारका सदस्य, आफन्त र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।

१४ पटक सगरमाथा आरोहण गरिसकेका पेम्बा रिता शेर्पाले आफ्ना आफन्त किलु पेम्बा शेर्पासहित सबै मृतक आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको शव चाँडोभन्दा चाँडो काठमामण्डौ ल्याउन आग्रह गरे।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर पनि सहभागी भएका थिए। उनले शोकसन्तप्त परिवार र पर्वतारोहण समुदायसँगै मृतक आरोहीप्रति सम्मान व्यक्त गरे।

गत बिहीबार ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहण गर्ने क्रममा आएको हिमपहिरोमा १० आरोहीको मृत्यु भएको थियो। मृत्यु हुने नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ ‘युक्त’, किलु पेम्बा शेर्पा, निमा शेर्पा, नवााङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।

त्यस्तै, विदेशी आरोहीहरूमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हर्थी, पाकिस्तानका सोहेल साखी, चीनका झोङ वाङ, अमेरिकाकी म्यालोरी गाइस र बेलायतका निर्मल ‘निम्स’ पुर्जा रहेका छन्।

निर्मल पुर्जा नेतृत्वको इलाइट एक्सपडले शनिबार सामाजिक सञ्जालमार्फत सबै १० आरोहीको मृत्यु पुष्टि गरेको थियो। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.