बुधबार, भाद्र ३,२०८३ 01:28:04
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:28:04
Bizshala
Global IME Bank Limited

टाटा कार्निभलको चौथो संस्करण बिहीबारदेखि, पुरानो गाडी साटेर नयाँ पञ्च ईभी र टियागो ईभी किन्न सकिने

टाटा कार्निभलको चौथो संस्करण बिहीबारदेखि, पुरानो गाडी साटेर नयाँ पञ्च ईभी र टियागो ईभी किन्न सकिने
New Office

 

काठमाण्डौ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण बिहीबारदेखि आयोजना गर्ने भएको छ। भदौ ४ देखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडी साटेर हालै नेपाली बजारमा सार्वजनिक भएका नयाँ टाटा पञ्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई नयाँ टाटा गाडी खरिदको डाउनपेमेन्टका रूपमा समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकलाई थप सहज हुने कम्पनीको विश्वास छ।

कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकका लागि विभिन्न विशेष सुविधा उपलब्ध गराइने सिप्रदीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जर जडान जस्ता सुविधा पाउनेछन्।

Bizshala
CG Motors

पञ्च ईभीको मूल्य ३३ लाख ९९ हजारदेखि

सिप्रदीले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ पञ्च ईभी र टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरेको थियो।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

अत्याधुनिक acti.ev प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणमा यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन सक्छ।

यसमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र १.५C डीसी फास्ट चार्जिङ जस्ता सुविधा समावेश छन्।

त्यस्तै, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट प्रणाली तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेससमेत पञ्च ईभीका प्रमुख विशेषता हुन्।

नयाँ लुक्स र ६ एयरब्यागसहित टियागो ईभी

दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको नयाँ टियागो ईभीलाई पनि कम्पनीले नयाँ लुक्स र थप सुविधासहित बजारमा उतारेको छ।

नयाँ टियागो ईभीमा आकर्षक रङ विकल्प, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागलगायतका सुरक्षा र प्रविधिसम्बन्धी सुविधा उपलब्ध छन्।

चार दिनसम्म चल्ने टाटा कार्निभलमार्फत पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीमा साट्न चाहने ग्राहकलाई एक्सचेन्ज तथा विभिन्न सहुलियतसहित आकर्षित गर्ने सिप्रदीको तयारी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.