मंगलवार, भाद्र ९,२०८३ 03:26:14
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 03:26:14
Bizshala
Global IME Bank Limited

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो
New Office

काठमाण्डौ । अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनका अनुसार यो निर्णयको मुख्य उद्देश्य सिरियामा विदेशी लगानीको वातावरण सहज बनाउनु र सिरियालाई विश्व अर्थतन्त्रसँग पुनः जोड्नु हो।

सिरिया सूचीबाट हटेसँगै अमेरिकाको उक्त सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी रहेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो निर्णयले सिरियालाई आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर प्रदान गर्ने बताएका छन्। सिरियालाई सूचीबाट हटाउने प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा अघि सारिएको थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै यसबाट सिरियामा थप विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने र त्यसले देशको राजनीतिक तथा आर्थिक स्थिरता बलियो बनाउन योगदान गर्ने बताएका छन्।

Bizshala
CG Motors

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग सम्पर्क र संवाद बढाउँदै आएको छ।

अल–शरा विगतमा एक सशस्त्र संगठनका नेता थिए र उनी अल–कायदासँग सम्बन्धित संगठनको नेतृत्वसमेत गरिसकेका थिए। कुनै समय अमेरिकाले उनको खोजीका लागि पुरस्कारसमेत घोषणा गरेको थियो।

यसअघि गत वर्ष अमेरिकाले अल–शराको नेतृत्वमा रहेको इस्लामिक संगठन हयात तहरीर अल–शाम ९ज्त्क्० लाई आफ्नो आतंकवादी संगठनको सूचीबाट हटाएको थियो।

सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटाउने पछिल्लो निर्णयले अमेरिकी–सिरियाली सम्बन्धमा नयाँ चरणको सुरुवातसँगै सिरियाको आर्थिक पुनर्निर्माण र विदेशी लगानीका लागि थप अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X