बुधबार, भाद्र १७,२०८३ 06:54:51
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 06:54:51
Bizshala
Global IME Bank Limited

बाढीपीडितको उद्धारमा बीमा क्षेत्रको साथ, चार कम्पनीद्वारा २ करोड ६१ लाख सहयोग

बाढीपीडितको उद्धारमा बीमा क्षेत्रको साथ, चार कम्पनीद्वारा २ करोड ६१ लाख सहयोग
New Office

काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बीमा कम्पनीहरूले आर्थिक सहयोग जुटाउन थालेका छन् । विभिन्न चार बीमा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी २ करोड ६१ लाख रुपैयाँ सहयोग घोषणा तथा हस्तान्तरण गरेका छन् ।

बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले बाढी आएको दोस्रो दिनमै सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । कम्पनीका सञ्चालक हसना शर्माले उक्त रकम बराबरको चेक अर्थमन्त्री  वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।  

त्यस्तै, नेको इन्स्योरेन्स लिमिटेडले विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उता, प्रभु इन्स्योरेन्स लिमिटेडले पनि रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अनुसार भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.