काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ३१ हजार ९२१ रुपैयाँ जम्मा गरिदिएको हो । जसमा संस्थाको तर्फबाट ५ लाख रुपैयाँ र कर्मचारीको तर्फको २ लाख ३१ हजार ९२१ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
भदौ १० गते अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, स्थानीय पूर्वाधार तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।
यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले सरकारको राहत कोषमा रकम उपलब्ध गराएको जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यकाअनुसार उक्त सहयोगबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवास व्यवस्थापनका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनस्र्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।