काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दरअनुसार आज आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।
असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। नौ दिनको अन्तरमा सुनको मूल्य करिब ४ प्रतिशतले घटेको देखिन्छ।असोज ३० गते र आज कात्तिक ८ गतेको दर तुलना गर्दा सुन प्रतितोला ११ हजार ६०० रुपैयाँ तथा चाँदी प्रतितोला १९५ रुपैयाँ सस्तिएको हो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। असोज मसान्तमा चाँदी प्रतितोला ४ हजार १५० रुपैयाँ थियो। उक्त दरको तुलनामा चाँदी १९५ रुपैयाँ अर्थात् करिब ४.७ प्रतिशतले सस्तिएको हो।
१० ग्राम सुनमा पनि झण्डै १० हजार रुपैयाँको कमी
प्रति १० ग्राम सुनको मूल्य असोज ३० गतेको २ लाख ४८ हजार ७१५ रुपैयाँबाट घटेर आज २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको छ। यसअनुसार १० ग्राम सुनको मूल्यमा ९ हजार ९४५ रुपैयाँको कमी आएको छ।
चाँदीको मूल्य पनि प्रति १० ग्राम ३ हजार ५५८ रुपैयाँबाट घटेर ३ हजार ३९१ रुपैयाँमा झरेको छ। यो १६७ रुपैयाँको गिरावट हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।