काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटाले प्रश्न उठाएका छन् ।
हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा शनिबार बोल्दै उनले समूहको रणनीतिप्रति आफ्नो असहमति नरहेको स्पष्ट पारे । तर, ती परियोजना कार्यान्वयन गर्ने क्रममा अपनाइने अनुशासनमाथि भने उनले प्रश्न उठाए ।
नोएलले राष्ट्रिय महत्त्वका परियोजनालाई सहयोग गर्न टाटा ट्रस्ट्स तयार रहेको बताए । साथै, टाटा समूहले परोपकारलाई प्राथमिकता दिने आफ्नो मूल सिद्धान्त कायम राख्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार टाटा सन्स सेयर बजारमा सूचीकृत हुँदा समूहको काम गर्ने शैली नै परिवर्तन हुन सक्छ ।
‘भविष्यमा हाम्रा ३० देखि ४० हजार सेयरधनी हुन सक्छन् । त्यस्तो अवस्थामा परोपकारभन्दा नाफाले प्राथमिकता पाउने सम्भावना छ,’ उनले भने, ‘यसले टाटा समूहको काम गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।