बुधबार, असार १०,२०८३ 09:33:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:33:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा

Laxmi Sunrise Bank Limited
राज्यले भुक्तानी गर्न चासो नदिएपछि निर्माण व्यवसायीहरु मारमा

काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ सकिनै लाग्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम राज्यले भुक्तानी गर्न चासो नदिएपछि नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ।

राज्यबाट कुनै पहल नगरेको भन्दै महासंघले सोमबार ध्यानाकर्षण गराएको हो।

New Office
CG Motors
Garima Development Bank

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनपछि म्याद थपिएका आयोजनाको ४० अर्ब र चालु आयोजनाको निर्माणमा बजेट नपुगेको र निकासा नभएको कारण लामो समयदेखि बाँकी भएको करिब २० अर्ब गरी जम्मा ६० अर्ब रूपैयाँ राज्यले व्यवसायीहरूलाई भुक्तानी दिन बाँकी रहेको महासंघको भनाइ छ।

यसरी निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माणसँग सम्बन्धित उद्योगहरू बन्द हुने अवस्थामा पुगेको महासंघका महासचिव रोशन दाहालले बताए।

उनका अनुसार राज्यले दिनुपर्ने कुनै पनि सहुलियत रकम नदिई उल्टै व्यवसायीहरूलाई दिनहुँ कालोसूचीमा राखेको र उनीहरूमा निराशा बढ्दै गईरहेको छ। जसका कारण निर्माण व्यवसायीहरू आत्महत्या गर्नसम्म पुगेका छन्।

भुक्तानीको गम्भीर समस्या देखिएकाले असारभित्रै भुक्तानी गर्न व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.