काठमाण्डौ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज बस्न मन्त्रिपरिषद् बैठकले यस्तो तयारी गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक बस्दैछ । यसर्थ प्रधनमन्त्री दाहालले सरकारबाट बाहिरिदै गर्दा केहि महत्वपूर्ण निर्णयहरु गर्ने तयारी गरेको छ ।
यस्तै बैठकले आजे नै नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ती गर्ने सम्भावना समेत रहेको स्रोतले जनाएको छ । प्रचण्ड सरकार यतिबेला अल्पतममा परेको छ । एमाले र जसपाले सरकारको साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिदैछन् ।
सरकारले २०८० कात्तिक २७ गते टिकटमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै टिकटक बन्द गर्ने निर्णय भएको थियो ।