मंगलवार, माघ ८,२०८१ 09:51:39
IME remit
  • मंगलवार, माघ ८,२०८१ 09:51:39
IME remit
Global IME Bank Limited

१% भन्दा बढी सेयर भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुनेछः ढकाल

Hyundai Nepal
१% भन्दा बढी सेयर भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुनेछः ढकाल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुने बताएका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन २०३० सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  

उनले भने, ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढि सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निक्कै कम हुनेछ ।’

उनले यसको परिणाम स्वरुप आर्थिक वृद्धिमै असर पर्ने समेत बताए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

‘हामीले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न हुँदैन । मलाई पूर्ण विश्वास छ सम्माननीय प्रधानमन्त्रीज्यूले निजी क्षेत्रका समस्याहरुलाई सम्बोधन गर्नुहुनेछ,’ ढकालले भने ।  

सरकारले यसपटकको बजेटमा १ अर्ब २५ करोड रुपैया स्टार्ट अपलाई अनुदान प्रदान गर्न छुट्याएकोमा यसको प्रभावकारी कार्यान्वयनहुने र आवश्यकता भएका युवाहरुसम्म यो रकम पुग्ने विश्वास ढकालले व्यक्त गरे ।  

यसका लाागि युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वाइनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्ने र त्यसको शुरुवातका रुपमा महासंघले सुदुर पश्चिमप्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरु भएको जानकारी उनले दिए ।  

‘सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरुले करिब २५ रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनहरुले देखाएका छन । भारत संसारको तेस्रो ठूलो स्टार्ट अप संजालभएको मुलुक बनेको छ । हामी जस्तै अति कम विकसित मुलुक बंगलादेशमा वर्षको करिब १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको छ ।  

हामीकहाँपनि यो सम्भावना छ । नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ बर्ष उमेर समूहका छन । ती युवाहरु नेपालमानिजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने निजी क्षेत्र भएको मध्यपूर्व र मलेसियामा काम खोज्न गएका छन, ’ ढकालले भने ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.