शनिबार, श्रावण २,२०८३ 08:53:53
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:53:53
Bizshala
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सको मुद्दा आज पनि हेर्दा हेर्दैमा,हार्ने देखिए पछि सारेको आरोप

हिमालयन रि इन्स्योरेन्सको मुद्दा आज पनि हेर्दा हेर्दैमा,हार्ने देखिए पछि सारेको आरोप
New Office

काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि सरेको छ । । 

यससंगै यो मुद्दा छैठौँ पटक  सेरेको हो । यो मुद्दाको पेशी अब फागनु ९ गते पेशी तोकिएको छ ।  

आज उच्च अदालत पाटनमा न्यायाधीश रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गरेको आरोप लगाउदै हरि बहादुर केसीले मंसिर ८ गते रिट हालेका थिए ।  

रिट हालेका एक अधिवक्ताले कम्पनीले मुद्दा हार्ने भए पछि अनेक प्रपञ्च, प्रयोग गरेर आज पनि मुद्दा सारिएको आरोप लगाएका छन् ।  

यस विषयमा कम्पनीको आईपीओ खरिद गरेका वैदेशिक रोजगारीमा गएकाहरुले समेत सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् । जसको सुनुवाई माघ २९ गते रहेको छ ।  

विद्यमान बीमा  ऐनको  दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निष्कासन अंकितमूल्य एक सय रुपैयाँमा नै हुने प्रष्ट नियम रहेको रिट निबेदकहरुको  दाबी छ  ।  

रिटमा पूँजीबजारको नियामक नेपाल धतिोपत्र बोर्ड, धितोपत्र बोर्डको सञ्चालक समिति  बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधकिरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.