बुधबार, माघ २३,२०८१ 06:56:03
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:56:03
IME remit
Global IME Bank Limited

करिब एक महिनामा हिमालयन रि का लगानीकर्ताले २४.२७% गुमाए, अबको यात्रा कस्तो ?

Hyundai Nepal
करिब एक महिनामा हिमालयन रि का लगानीकर्ताले २४.२७% गुमाए, अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । करिब एक महिनामा हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ताले २४.२७% प्रतिशतसम्म गुमाएका छन् । भदौ महिनाको १६ कारोबार दिनमा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ दुई कारोबार दिन मात्रै बृद्धि भएको छ ।  

साउन महिनामा बजारमा एकाएक बुल आउँदा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ६७.८० प्रतिशतले बृद्धि भएको थियो । असारको अन्तिमसम्म ५८० रुपैयाँ कायम रहेको हिमालयन रि को सेयरभाउ साउन महिनाको अन्तिमसम्म बढेर ९८४ रुपैयाँ पुगेको थियो ।  

साउनको अन्तिमसम्म ९८४ रुपैयाँ रहेको कम्पनीको सेयरभाउ भदौ २६ गतेसम्म आइपुग्दा भने ७८१ रुपैयाँ कायम भएको छ । यसर्थ करिब एक महिनामा कम्पनीको सेयरभाउ २४.२७% प्रतिशतले घटेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

भदौ महिना सुरु भएसँगै सेयरबजारमा वियरिस ट्रेन्ड देखिएको छ । साउनमा केही प्रफिट बुक गरेपनि भदौ महिना सुरु भएलगत्तै हिमालयन रि इन्स्योरेन्सका सेयरधनीहरुले गुमाउन थालेका छन् ।  

गत पुष २२ गतेदेखि नेप्सेमा सूचीकृत भई २३ गतेदेखि कारोबारमा आउन थालेको सो कम्पनीको सेयरभाउ लगातार ९ कारोबार दिन बढेर ६४० रुपैयाँसम्म पुगेको थियो । सर्वसाधारणलाई प्रिमियममा आईपीओ जारी गरेका कारण दोस्रो बजारमा हिमालयन रि इन्स्योरेन्सको सेयर निकै चर्चामा रहेको छ ।  

सूचीकृत भएदेखि नै ५–६ सयको हाराहारीमा रहेको सो कम्पनीको सेयरभाउ गत साउनदेखि उग्र रुपमा बढ्न थालेको हो । समग्रमा नेप्से इन्डेक्स नै बढ्दा हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ पनि बढेर साउन महिनामै हजार रुपैयाँ क्रस भएको थियो । गत महिनामा हिमायन रि इन्स्योरेन्सका लगानीकर्ताले १६९ प्रतिशतसम्म नाफा बुक गर्न सफल भएका थिए ।  

तर भदौसम्ममा सेयर नबेचेर होल्ड गरेका लगानीकर्ताले भने ७९ प्रतिशतसम्म गुमाउन पुगेका छन् । गत महिना अधिकांश कारोबार दिनमा हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा थियो । यसर्थमा पनि दोस्रो बजारमा हिमालयन रि को सेयर लगानीकर्ताको रोजाइमा रहेको छ ।  

पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । हिमालयन रि मात्र नभई अधिकांश कम्पनीका लगानीकर्ताले गुमाइरहेका छन् । भदौ महिनामा एक कारोबार दिन मात्रै सेयरबजार बढेको थियो भने बाँकी पुरै दिन करेक्सन भएको छ । तर हिमालयन रि इन्स्योरेन्सको सेयर भने भदौ ५ र भदौ १७ गते दुई कारोबार दिन बढेको थियो ।  

एक हजार रुपैयाँभन्दा माथि पुगिसकेको कम्पनीको सेयर अहिले घटेर ७ सय रुपैयाँको हाराहारीमा आइसकेको छ । घट्दो बजारमा घटेका कम्पनीका सेयर खरिद गर्ने अहिले उचित समय हुन सक्ने बजार जानकारहरु बताउँछन् ।  

बजार घट्दा अहिले अधिकांश कम्पनीको सेयरभाउ घटेका छन् । लगानीकर्ताहरु गुड न्यूजको पखाईमा छन् । अहिले चाडपर्व समेत नजिक आइरहेकाले सबैले पैसाको जोहो गर्दा बजारमा यसको दबाब परेको हुन सक्ने लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् । अबको समयमा बजार बढेमा आधारभुत पक्षबाट बलिया कम्पनीहरु चल्न सक्ने लगानीकर्ताहरुको अनुमान छ ।  

सेयरबजार फेरी लयमा फर्किएपछि हिमालयन रि को सेयरभाउ बढ्न सक्ने आधारहरु थुप्रै छन् । कम्पनीलाई इक्रा नेपालले ए माइनसबाट स्तरोन्नती गरेर इक्रा एनपी आइआर ए रेटिङ प्रदान गरेको छ । रेटिङमा समेत स्तरोन्नति हुँदा कम्पनीको मूल्य पुनः बृद्धि हुन सक्ने आधार देखिन्छ ।  

त्यसतै, गत आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १९७.६४ प्रतिशत बढी हो । कम्पनीको व्यवसाय र लगानीको अवस्था हेर्दा चौथो त्रैमाससम्म आइपुग्दा उत्कृष्ट देखिएको छ ।  

साथै नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम कम्पनीले चालु आर्थिक वर्षको माघ महिनासम्ममा २० अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । सोही बमोजिम कम्पनीले कायम चुक्तापुँजीको ८० प्रतिशत अर्थात् १०ः८ अनुपातमा हकप्रद जारी गर्ने तयारी समेत गरेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएमा कम्पनीले ८० प्रतिशत हकप्रद जारी गर्नेछ ।

कम्पनीको हालको चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई २० अर्ब पुँजी पुर्याउन अझै २ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ ।  

पुँजी बढाउने प्रयोजनकै लागि भएपनि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर बाँड्न सक्ने देखिन्छ । हकप्रद र बोनस सेयर पाउनकै लागि भएपनि लगानीकर्ताको सो क्रम्पनीमा आकर्षण बढ्ने देखिन्छ । यसकारण कम्पनीको सेयरभाउ अझै बढ्न सक्ने आधार रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.