आईतवार, फाल्गुन ११,२०८१ 02:50:51
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:50:51
IME remit
Global IME Bank Limited

आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल

Hyundai Nepal
आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवद्र्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा ढकाले यस्तो बताएका हुन् ।  

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड नै त्यो देशले परिचालन गर्ने राजश्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको  प्रभावकारी परिचालन अपरिहार्य रहेको छ भन्नु भयो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

ढकालले विगत केहि वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोकोे रुपमा रहेको लगानी प्रवद्र्धनसम्बन्धी विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्धाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए ।  

उनले कर प्रशासनले राजश्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवशायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिईएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए ।  

अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रतक्ष्य सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसँग जोडिएको हुनाले  लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवसायजन्य क्रियाकलापहरु  सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए । यसको लागि व्यवसायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरुको एकिकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए ।

आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित हुनु भएको उक्त कार्यक्रममा  कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कार्वाहीहरुलाई पारदर्र्शी बनाई समिक्षा हुनु पर्नेमा जोड दिए ।  

उद्योग विभागका  महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवद्र्धनको लागि हो भन्नु हुँदै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे । 

यसैगरी, राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय  कर प्रणालीसम्बन्धी नीतिहरु लगानीमैत्री बन्दै आएको बताए । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गरेका थिए ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.