मंगलवार, श्रावण २६,२०८३ 01:05:58
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 01:05:58
Bizshala
Global IME Bank Limited

सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

Prabhu Bank Limited
सरकारद्वारा बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक
New Office

काठमाण्डौ । प्रधानमनत्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका बेला गत बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । उक्त सम्झौताको पूर्णपाट मंगलबार परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

यसमा १० वटा परियोजनाहरु समावेश गरिएका छन् । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय,र अमरगढी सिटी हल परियोजना रहेका छन् ।

त्यस्तै, काठमाण्डौ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

केही समयअघि नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआईका बारेमा अभिव्यक्ति दिएको भोलिपल्ट सरकारले दस्तावेज सार्वजनिक गरेको हो ।  विदेशमन्त्री डोनाल्ड लुले फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको र त्यो पारदर्शी हुने अपेक्षा गरेको बताएका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X