बुधबार, माघ २३,२०८१ 03:31:13
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:31:13
IME remit
Global IME Bank Limited

नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम

Hyundai Nepal
नेपालमा डिजिटल सेफ्टी जागरूकताका लागि टिकटकले गर्यो सेफ्टी एम्बेसडरहरूसँग कार्यक्रम
Nabil Bank Limited

काठमाण्डौ । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन सेलिब्रेटीहरूले भरिएको एक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर (माई डार्लिंग फुड), सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत नेपालका चर्चित कन्टेन्ट क्रियटर सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो।

नेपालका क्रियटर कम्युनिटी र पत्रकारहरू सम्मिलित फुल–हाउस दर्शकहरूलाई सम्बोधन गर्दै प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे। 

उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रियटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो। प्रश्न–उत्तर सत्रको क्रममादर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे।

Bizshala
CG Motors
Sagarmatha Cement

यो अभियान टिकटकको जीवन्त र विविधतायुक्तकम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा भएको टिकटकले जनाएको छ ।  ‘सेफ टुगेदर’पहल मार्फत् टिकटकले प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन(एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरूकता सिर्जना गर्ने लक्ष्य राखेको छ।

Muktinath Bikas Bank Limited

प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ। प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ। सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ। यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.