शनिबार, बैशाख ५,२०८३ 10:40:46
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:40:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साँझ औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने

Bizshala
साँझ औद्योगिक क्षेत्रमा विद्युत कटौती हुने
Shivam Cement

काठमाण्डौ । विद्युत् माग हुने अर्थात साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म पिक आवरमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने जनाएको हो ।  

४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको प्राधिकरणले जनाएको छ । यो आयोजनामा गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षति पुगेको थियो। यद्यपी पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था भनेको नरहेको जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

हिउँदयाम सुरुसँगै जलाशयको पानीको स्तर घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने र पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणले जनाएको छ  ।  

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गतेसम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.