सोमबार, असार २,२०८२ 10:46:41
  • सोमबार, असार २,२०८२ 10:46:41
Global IME Bank Limited

५ महिनामा रु.६.६१ खर्बको वस्तु आयात, निर्यात कति ?

Hyundai Nepal
५ महिनामा रु.६.६१ खर्बको वस्तु आयात, निर्यात कति ?
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा साढे ६ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु आयात भएको हो ।  

यो आयात गत आवको सोही अवधिसम्मको तुलनामा ३ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा ६ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मंसिर महिनामा मात्रै १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । कात्तिक महिनाको तुलनामा मंसिरमा वस्तु आयात २१।३१ प्रतिशतले बृद्धि भएको छ । कात्तिकमा १ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।  

त्यस्तै, असोज महिनामा १ खर्ब २८ अर्ब, भदौ महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ र साउनमा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  

भन्सार विभागका अनुसार मंसिर महिनासम्ममा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिसम्मको तुलनामा १६।५४ प्रतिशत बढी हो ।  

गत आवको सोही अवधिसम्ममा ६१ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । मंसिर महिनामा मात्रै २१ अर्ब रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.