बुधबार, असार १०,२०८३ 11:17:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:17:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपरमाई हाइड्रोपावरको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Laxmi Sunrise Bank Limited
सुपरमाई हाइड्रोपावरको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । गत मंसिर २८ गते सम्पन्न दशौं बार्षिक साधारण सभाबाट पारित ५.६३१ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनश सेयरमा लग्ने कर सहित) मंसिर २ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरूको बैंक खातामा जम्मा गरिएको हो ।  

आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरूलाई यथाशीघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ्ग हाउसअन्तर्गत सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

गत मंसिर १६ गतेसम्ममा आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नभई नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरूको विवरण कम्पनीको सेयर रजिष्ट्रारको वेवसाइटमा राखिएकोले आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन समेत कम्पनीले आग्रह गरेको छ । यदि सेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरूको नाममा लाभांश रकम जम्मा भएमा सो को जिम्मेवार सेयरधनी स्वयं हुनु पर्ने समेत कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै मंसिर १६ गतेसम्ममा धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने र सो मिति पश्चात् कर्जा चुक्ता भुक्तानी गरेका सेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात् मात्र बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.