बुधबार, आश्विन २८,२०८३ 05:24:10
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 05:24:10
Bizshala
Global IME Bank Limited

सन् २०२४ मा ४८% सम्मले बढ्यो नेप्से, कस्तो रहला २०२५ ?

Bizshala
सन् २०२४ मा ४८% सम्मले बढ्यो नेप्से, कस्तो रहला २०२५ ?
New Office

काठमाण्डौ । नेप्सेमा आज सन् २०२४ को अन्तिम कारोबार भयो । यो वर्षको अन्तिम कारोबारमा आज नेप्से घटेर २ हजार ५७६ विन्दुमा बन्द भयोे । समग्रमा सन् २०२४ लाई फर्केर हेर्दा लगानीकर्ताका लागि यस वर्ष औषत रुपमा राम्रै रह्यो । सन् २०२४ को जनवरीको पहिलो कारोबारमा २ हजार ४९ विन्दुमा रहेको बजार यस वर्षको अगष्टमा यो वर्षकै उच्च विन्दु ३ हजार विन्दुमाथि पुग्यो ।  

यस हिसाबले यो वर्ष सेयर बजारमा ४८ प्रतिशतसम्मको बढोत्तरी आयो । आज बजार बन्द हुँदा नेप्सेमा अझै पनि यस वर्ष २५ प्रतिशतमाथि कै बढोत्तरी रहेको छ । यस वर्ष फाइनान्स समूहमा भने सर्वाधिक बढोत्तरी आयो । यो वर्ष फाइनान्स समूह १३९ प्रतिशतले बढ्यो । तर आज २ हजार ९३७ को विन्दुमा बन्द हुँदा यो समूहमा अझै पनि ७० प्रतिशतलको बढोत्तरी रहेको छ ।  

त्यसैगरि दोस्रो स्थानमा कारोबार समूहमा ९५ प्रतिशतसम्मको बढोत्तरी आएको छ । समग्रमा यो समूहमा यो वर्ष ६० प्रतिशले बढोत्तरी रहेको छ ।  

तेस्रोमा यो बर्ष जलविधुत समूहमा रौनक देखियो । यो समूहमा यस बर्ष ७१ प्रतिशलते बढोत्तरी आयो । यो समूहमा पनि अझै ५० प्रतिशतले नै बढोत्तरी रहेको छ । त्यस पछि यस बर्ष बिकास बैंक समूहमा पनि चमक देखियो । यो समूहमा यस बर्ष ६३.३४ प्रतिशतले बढोत्तरी आयो भने अझै पनि यस समूहमा ३५ प्रतिशतले बढोत्तरी देखिन्छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अन्य समूहमा पनि यो वर्ष ६३ प्रतिशतसम्मको बढोत्तरी आयो । समग्रमा भने यो वर्ष अन्य समूह २५.२५ प्रतिशतले बढ्यो । माइक्रोफाइनान्समा ६० प्रतिशतसम्मको बढोत्तरी आउँदा यो समूहमा एक वर्षको अवधिमा ४० प्रतिशतको बढोत्तरी आयो ।  

उत्पादन तथा प्रशोधन समूह ५३ प्रतिशतसम्मले बढ्दा समग्रमा एक वर्षको अवधिमा यो समूह २० प्रतिशतले बढ्यो । त्यसैगरि होटल्स समूहमा ४५.५४ प्रतिशतसम्मको बढोत्तरी आँउदा एक वर्षमा १६ प्रतिशत जीवन बीमा ४० प्रतिशतसम्मले बढ्दा समग्रमा १४ प्रतिशत, निर्जीवन बीमा ३३.३२ प्रतिशतले बढ्दा समग्रमा ११ प्रतिशत, म्यूचुअल फण्ड १८.५२ प्रतिशतसम्मले बढ्दा समग्रमा ६.४८ प्रतिशत र वाणिज्य बैंक समूह २६.३७ प्रतिशतसम्मले बढ्यो । तर एक वर्षको अवधिमा भने वाणिज्य बैंक समूह २६.३७ प्रतिशतले नै घट्यो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा कस्तो रहला सन् २०२५ ?

सन् २०२४ को अगस्ट महिनामा अल टाइम हाई बनाएको बजारले पुनः गिरावटको सामना गर्दा लगानीकर्ताको मनोबलमा कमी आएको छ । बजारको गिरावटले हतोत्साहित भएका लगानीकर्ताले क्लबहाउस जस्ता समाजिक सञ्जाल र ब्रोकरहाउसमा पीडा पोख्ने गरेका छन् ।  

विगतको बजारको ट्रेन्डलाई नियाल्दा पूँजीबजार निकै निर्मम पनि हुने भएका कारण जहिले पनि आत्तिने लगानीकर्तालाई बजारबाट निकालेपछि मात्रै बजारले पुनः अल टाइम हाईको उचाई चुम्न सक्ने बजार जानकारहरुको एकमत रहेको छ । प्राविधिक विश्लेषक समेत रहेका बजार जानकार अजय सिंह थापा(जयशम्भु)ले इलिअट वेभबाट बजारलाई नियाल्दा यदि बजार २४४० विन्दुसम्म आए यो दोस्रो वेभ हुने र सन् २०२५ मा थर्ड वेभ चलेर बजारले अल टाइम हाईको उचाई छुने सक्ने बताउँछन् । अर्का बजार जानकार सुवास चन्द्र ढुँगाना पनि नेप्सेमा २०२४ को विन्दुबाट नै बुल सुरु भएको बताउँछन् । ढुँगानाको बिचारमा अहिले लगानीकर्ताको सेन्टिमेन्ट बियरिस भएता पनि सन् २०२५ मा हाईक्याप (उच्च पूँजी भएका) कम्पनीहरु चलेर ३२ सयको विन्दु ब्रेक गर्नेछ । सम्भबतः पहिलेको ट्रेन्ड हेर्दा यसपालि पनि जुलाई–अगष्टमा नेप्सेले ३२ सयलाई ब्रेक गरेर अल टाइम हाई बनाउन सक्ने उनले अनुमान गरे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X