काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स बैंक इनटरनेशनल र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
सिटिजन्स बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता र हाथवे इन्भेष्टमेन्टको २५ लाख ७४ हजार कित्ता गरी कुल ८२ लाख ५४ हजार ३८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सिटिजन्स बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत र हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस सेयर प्रदान गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।