सोमबार, बैशाख ८,२०८२ 11:49:28
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:49:28
IME remit
Global IME Bank Limited

लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी

Hyundai Nepal
लाखौं कित्ता खरिद अर्डर देखाएर झुक्काइँदै लगानीकर्ता, 'बीओ टु बिओ'बाट बेचेर टाप कस्छन् खेलाडी
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार माग र आपूर्तिले चल्ने ठाँउ हो ।  सेयरको माग बढ्दा मूल्य बढ्ने गर्छ भने माग घट्दा मूल्य घट्ने गर्छ । यही सिद्धान्तलाई सेयर लगानीकर्ताहरुको लागि मार्केट डेप्थबाट हेर्ने गर्छन ।  

जुन पछिल्लोपटक झनै प्रतिउत्पादक बन्दै गरेको देखिएको छ । कुनै समय एओएनको (अल अर नन) दूरुपयोग गरेर सेयर बजारमा तीव्र चलखेल गर्ने गरिन्थ्यो । धितोपत्र बोर्डले चलखेलको आशंका गरेर हाल खरिद तथा बिक्री दुवै साइडमा एओएन हटाएको छ । तर बजारका खेलाडीले भने चलखेल गर्ने नयाँ–नयाँ जुक्ति लगाउन भने छोडेका छैनन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस्तै घटना आज घटेको छ । आजको कारोबारमा लो क्याप भएको एउटा कम्पनीको एकै अडरमा ५ लाखसम्म कित्ता खरिद देखाएको छ । यसै विषयलाई लिएर फेसबुकमार्फत एउटा कम्पनीको स्क्रिन सर्ट सार्वजनिक गर्दै ग्लोबल आइएमइ क्यापिटलका पूर्व सीईओ पारसमणी ढकाल लेख्छन् ‘सेबोनले यस बारेमा बुझ्न पाउँला कि नपाउँला  ? मेरो बिचारमा यस सम्बन्धमा सेबोनले तथ्य पत्ता लगाउने प्रयोजनका लागी जानकारी लिन मौखिक वा लिखित संचार लगायतका कार्य गरेको कारणले नेप्से जति घटे नै पनि स्वागत छ । नियमनकारी निकायले यथार्थ त थाहा पाउनुपर्ला नि । ’  

यसै बिषयमा बोल्दै धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरे भन्छन् ‘धितोपत्र बोर्डले पूँजी बजारमा भएका अनियमितता अनुगमन गरेको हुन्छ । कनै गलत क्रियाकलाप देखिएको खण्डमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ।’  

Muktinath Bikas Bank Limited

बजारबाट कसरी निस्कन्छन खेलाडी ?

अहिले धेरै लगानीकर्ताहरुले फ्‌लोरसिट् र ब्रोकर होल्डिङ नियालेर कुन ब्रोकरबाट कुन खेलाडिले सेयर किनेको छ वा बेचेको छ भन्ने नियालेका हुन्छन् । तर बजारका खेलाडीले सर्वसाधारणले चाल नपाओस भनेर बिओटु बिओ मार्फत किनेको ब्रोकर परिवर्तन गरि अर्कै ब्रोकरबाट सेयर बेचेर टाप कसिसकेको हुन्छ । बीओटु बिओ भनेको सिडिएसीले लगानीकर्तालाई एक डिम्याटबाट अर्को डिम्याटमा सेयर हस्तान्त्रण गर्न दिएको सुविधा हो ।  

यसरी गर्न सकिन्छ बिओटु बिओ  

सबैभन्दा पहिले आफ्नो डीपी भएको ठाउँमा जाने र ‘बीओ टु बीओ’ फाराम भर्ने। डीपीले सम्बन्धित व्यक्ति प्रमाणीकरण गरेपछि सोही दिन नेपाल क्लियरिङ हाउसमा गएर रु. १०० को भौचर भर्नुपर्छ। उक्त भौचर र आफूले भरेको ‘बीओ टु बीओ’ फाराम सीडीएससीमा बुझाएपछि एकैदिनमा सेयर स्थानान्तरण हुन्छ। यसका लागि आधिकारिक व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रावधान रहेको छ।

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.