शनिबार, फाल्गुन १०,२०८१ 08:22:21
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:22:21
IME remit
Global IME Bank Limited

डिजीटल बैंकिङमा सिटिजन्स बैंकको फड्को, अत्याधुनिक सेवा लञ्च गर्नेमा अरुभन्दा अगाडि

Hyundai Nepal
डिजीटल बैंकिङमा सिटिजन्स बैंकको फड्को, अत्याधुनिक सेवा लञ्च गर्नेमा अरुभन्दा अगाडि
Nabil Bank Limited

-मनिष सोती

काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटाइजेसनमा केन्द्रीत हुन थालेका छन् । अहिले सबै बैंकहरुले डिजिटाइजेसनलाई नै पहिलो प्राथमिकतामा राखेर विभिन्न योजना समेत बनाउने गरेका छन् ।  

बैंकहरुले डिजिटाइजेसनमा ठूलै छलाङ्ग मारिसकेका छन् । अहिले वाणिज्य तथा विकास बैंकहरुको कोर सिस्टम धेरै नै डिजिटलाइज भइसकेको छ भने ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देख्न सकिन्छ ।  

अहिले ग्राहकहरु बैंकसम्म धाउन समेत नपर्ने सिस्टम बैंकहरुले विकास गरेका छन् । आफूलाई आवश्यक पर्ने वित्तीय सेवा घरबाटै सहजै लिनसक्ने डिजिटलाइजेसन विकास भइसकेको छ । पैसा डिपोजिट गर्न, ऋण तथा कर्जा माग र मोबाइल बैंकिङ लगायत सम्पूर्ण वित्तीय सेवाहरु घरबाटै लिन सकिने व्यवस्था आइसकेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

ग्राहकहरुलाई बैंकसम्मपुगेर घण्टौं लाइनमा बस्नुपर्ने झण्झटबाट बैंकहरुले मुक्त गराएका छन् । बैकिङ्ग क्षेत्रबाट प्रदानहुने सबै वित्तीय सेवाहरु सहजै घरमै बसेर लिन सकिनेछ । मोबाइलतथा इन्टरनेट बैकिङ्गको सुविधाले अहिले धेरै कारोबार अनलाइनबाटै गर्न सकिने अवस्था आएको छ । अहिले डिजिटलाइजेसनले आफ्नो खातामा रहेको रकम थाहा पाउन, अन्य खातामा पैसा ट्रान्सफर गर्न र भौतिक रुपमा बैंकमा उपस्थित हुन नपर्ने सहजता ग्राहकलाई भएको छ ।  

यसैबीच आफ्ना ग्राहकलाई घरमै बसेर सम्पूर्ण वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनलले ‘स्मार्ट सर्भिस’ ल्याएको छ । बैंकले घण्टौंसम्म लाइनमा बस्नु नपर्ने र मोबाइलकै सहायताबाट सबै खालका वित्तीय सेवा लिन सकिने गरी स्मार्ट सर्भिस सेवा ल्याएको हो ।  

जसमा ग्राहकहरुले बैंकको वेबसाइटमार्फत मोबाइल बैकिङ्ग, कार्ड सर्भिस, डिम्याट तथा मेरो सेयर र क्युआर सर्भिसहरु सहजै लिन सक्नेछन् । बैंकका कुनै पनि ग्राहकले यी खालका सेवाहरु लिन बैंकको शाखासम्म पुग्न नपरोस् भन्ने उद्देश्यका साथ स्मार्ट सर्भिस ल्याएको बैंकका ट्रान्जेक्सन बैकिङ्ग डिपार्टमेन्ट प्रमुख सरोज भट्टराईले बताए ।  

‘अहिले हामीले बैंकको वेबसाइटमार्फत ग्राहकहरुलाई स्मार्ट सर्भिस दिन प्रयास गरिरहेका छौं, जसबाट ग्राहकहरुले सहजै घरमा बसी–बसी मोबाइल बैकिङ्ग, कार्ड सर्भिस, डिम्याट तथा मेरो सेयर र क्युआर सर्भिस लिन सक्नुहुनेछ’ उनले भने, ‘योसँगै ग्राहकहरुले रियल टाइममै मेरो सेयर सर्भिस र सीआरएन रजिस्ट्रेसनको सेवा पनि लिन सक्नुहुनेछ ।’

बैंककाअनुसार सिटिजन्स बैंकका ग्राहकहरुले घरमै बसी आफ्नो खातामा भएको रकम बुझ्न र वेबसाइटमार्फत मोबाइल बैकिङ्ग, डेबिट÷क्रेडिट कार्ड अप्लाई, डिम्याट अकाउन्ट तथा मेरो सेयरको लागि अप्लाई र क्युआर कोड समेत लिन सकिनेछ । योसँगै ग्राहकहरुले आफ्नो खाताबाट भएको सम्पूर्ण कारोबारको विवरण वेबसाइटमार्फत माग गर्न सकिने भट्टराईले बताए ।  

‘सिटिजन्स बैंकको वेबसाइटमार्फत मोबाइल बैकिङ्गजस्ता जनरल सेवाहरु त सहजै लिन सकिन्छ, योसँगै ग्राहकहरुले वेबसाइटमार्फत नै सबै ट्रान्जेक्सनको विवरण समेत लिन सक्नुहुनेछ’ उनले भने, ‘बैंकको यो खालको सेवाले बैंकको शाखामा धाइरहने नपर्ने गरी ग्राहकलाई थप सहज हुने विश्वास लिएका छौं ।’

वेबसाइटमार्फत बैंकको चार सेवा

सिटिजन्स बैंकले आफ्नो वेबसाइटमार्फत स्मार्ट सर्भिसको रुपमा अहिले चारवटा सेवा दिइरहेको छ । मोबाइल बैकिङ्ग, कार्ड सर्भिस, डिम्याट तथा मेरो सेयर अप्लाई र क्युआर कोड सर्भिस।

बैंकका ग्राहकहरुले अब सिटिजन्स बैंकको वेबसाइटमा गएर यी चारवटा सेवा सहजै घरमै बसेर लिनसक्ने भट्टराईले बताए । उनकाअनुसार सिटिजन्स बैंकको मोबाइल बैकिङ्ग एप ‘सिटिजन्स स्मार्ट’ चलाउन अप्लाई गर्न, बैंकको डेबिट तथा क्रेडिट कार्ड अप्लाई गर्न, सेयर सम्बन्धी कारोबार गर्नका लागि डिम्याट खाता खोल्न वा मेरो सेयर र सीआरएन रजिस्ट्रेसन अप्लाई गर्न र व्यवसायका लागि क्युआर कोड लिनु परेमा सहजै अप्लाई गर्न सकिनेछ । 

साथै 'मेरो सेयर'को आइडी र पासवर्ड लिइसकेका ग्राहकहरुले नविकरणका लागि समेत वेबसाइटमार्फत नै यो सुविधा लिन सकिने भट्टराईले बताए ।  

‘ग्राहकहरुलाई चाहिने सम्पूर्ण खालका वित्तीय सेवा हामीले वेबसाइटमार्फत नै दिने प्रयास गरेका छौं, जस्तै कसैलाई क्युआर कोड लिन आवश्यक परेमा बैंकसम्म धाउन पर्दैन, वेबसाइटमार्फत नै यसको अप्लाई गर्न सकिनेछ’ उनले भने, ‘कस्टमरलाई बैंकसम्म उपस्थित नगराई डिजिटल प्ल्याटफर्मबाटै सुविधा दिन हामीले यो सेवा ल्याएका हौं ।’

बैंकका ग्राहकलाई आफ्नो खाताबाट भएको सम्पूर्ण कारोबार चाहिएको खण्डमा वेबसाइटमार्फत अप्लाई गरेको खण्डमा बैंकले सहजै उपलब्ध गराउने भट्टराइले बताए । ‘यदि कुनै पनि ग्राहकले ट्रान्सजेक्स डिटेलको लागि अप्लाई गर्नुहुन्छ भने बैंकले सहजै प्रदान गर्नेछ’ उनले भने, ‘ग्राहकहरुले खाता खोल्दा उपलब्ध गराएको इमेलमा बैंकले सम्र्पूण डिजेल उपलब्ध गराउनेछ ।’

भविष्यमा बैंकले राष्ट्रबैंकको नियममा बसेर अझ यस्ता सेवासुविधाहरु परिष्कृत गर्दै लैजाने भट्टराइले बताए । ‘बैंक पूर्ण रुपमा डिजिटाइजेसनमा गइसकेको छ, अहिले बैंकका शाखाहरुमा पनि पहिलेको जस्तो त्यति भिडभाड हुँदैन, अधिकांशले इन्टरनेट तथा मोबाइल बैकिङ्ग प्रयोगबाटै सम्पूर्ण सेवाहरु लिनुहुन्छ’ उनले भने, ‘ग्राहकलाई दिने सेवामा बैंक सदैब तत्पर रहन्छ, राष्ट्र बैंकको अधिनमा बसेर बैंकले भविष्यमा आफ्ना ग्राहकलाई थप सेवा सुविधा दिनेछ ।’

मोबाइल बैकिङ्ग एपबाटै ‘माई आस्वा’को सुविधा दिने पहिलो बैंक  

सिटिजन बैंकले सिडिएस एण्ड क्लियरिङको अनुमतिपश्चात् नेपालमै पहिलोपटक सिटिजन्स मोबाइल बैकिङ्ग एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था ल्याएको छ ।  

बैंकका ग्राहकहरुले सिटिजन्स स्मार्ट एप डाउनलोड गरी उक्तएपमार्फत नै सिधै आइपीओ, एफपीओ, हकप्रद र म्युचुअल फण्डजस्ता धितोपत्रका लागि आवेदन दिन सक्नेछन् । यसका साथै ग्राहकले सीआरएन नम्बरका लागि पनि उक्त एपमार्फत नै आवेदन दिनसक्ने भट्टराईले बताए ।  

‘अहिले अधिकांश सेयरबजारतर्फ आकर्षित हुनुहुन्छ, यसैलाई मध्यनजर गर्दैै सिटिजन्स बैंकले पनि मोबाइल बैंकिङ्ग एपबाटै सेयर खरिदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ, जुन यो आस्वाको सुविधा दिने नेपालमै पहिला बैंक हो’ उनले भने, ‘योसँगै हामीले एपमार्फत सीआरएन रजिष्ट्रेसन गर्न र कारोबार सफलताको जानकारी रियलटाइममा नै प्राप्त गर्न सकिने व्यवस्था पनि मिलाएका छौं ।’

डिजिटलाइजेसनको प्रभाव बढाउन बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिटिजन्स बैंकका अधिकांश ग्राहकहरुले अहिले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङको सुविधा लिएको भट्टराइले बताए । उनकाअनुसार डिजिटाइजेसनको प्रभाव बढेर अहिले बैंकका शाखाहरुमा समेत भिडभाड कम हुने गरेको छ ।  

‘सिटिजन्स बैंक अहिले पूर्ण रुपमा डिजिटाइजेसनमा केन्द्रित छ, डिजिटलाइजको प्रभाव बढेकै कारण अहिले घरबाटै बैंकिङ सेवा लिनेहरु धेरै हुनुहुन्छ’ उनले भने, ‘बैंकले यसको थप प्रभावकारी बढाउन वित्तीय साक्षरता कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।’

सिटिजन्स बैंकले विभिन्न जिल्लाका पालिकाहरुसँग समन्वय गरी विभिन्न तहमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको भट्टराईले बताए । ‘बैंकको काम भनेको वित्तीय सेवासँगै वित्तीय साक्षरता पनि बढाउनु हो, सिटिजन्स बैंकले वित्तीय साक्षरताका लागि बैंकको शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रमहरु गर्दै आइरहेको छ’ उनले भने, ‘जसरी यस बैंकले अहिले वेबसाइटमार्फत स्मार्ट सर्भिस ल्याएको छ, यसको प्रभावकारिता बढाउन सर्वप्रथम वित्तीय शिक्षा आवश्यक पर्छ र बैंकले यसका लागि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.