शनिबार, असार ७,२०८२ 01:40:20
  • शनिबार, असार ७,२०८२ 01:40:20
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै ३.४५ गुणा बढी आवेदन

Hyundai Nepal
गार्डियन माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै ३.४५ गुणा बढी आवेदन
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन भएको पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ३.४५ गुणा बढी आवेदन परेको हो ।  

कम्पनीको आइपीओमा ४ लाख ४८ हजार ५६९ जना आवेदकले ६३ लाख ३० हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा ६३ करोड ३० लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गरेको हो । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

रु.१०० रुपैयाँ निर्धारण गरिएको यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २४ गते  र ढिलोमा माघ ६ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.