सोमबार, श्रावण २५,२०८३ 06:42:29
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 06:42:29
Bizshala
Global IME Bank Limited

त्रिशुली जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला मूल्य ?

Prabhu Bank Limited
त्रिशुली जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला मूल्य ?
New Office

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत नेपालका जलविद्युत कम्पनीहरु मध्ये एक हो । यो कम्पनी रन अफ द रिभरको आधारमा सञ्चालित जलविद्युत कम्पनी हो । यस कम्पनीको ६० मेगावट क्षमताको विद्युत उत्पादन क्षमता रहेको छ । सन् २०११ मा स्थापित यस कम्पनीमा नेपाल विद्युत प्राधिकरण, नेपाल दुरुसञ्चार र सर्वसाधारणको लगानी रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ७८ करोड रुपैंया रहेको छ । कम्पनीको जगेडा कोषको आकार ६७ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने कुल पूँजी १ अर्ब १० करोड रुपैंया रहेको छ । कम्पनीको खुद मूनाफा पनि ३ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.४८ रुपैयाँ ऋणात्मक ,बुक भ्यालु ६२.०२ रुपैयाँ मात्रै रहेको यस कम्पनीको रिर्टन अन इक्विटी पनि १३.६२ रुपैयाँले नकारात्मक नै रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा २० देखि ४० सम्म बियरिस सेन्टिमेन्टमा चलको मानिन्छ भने ४० देखि ६० देखिसम्मलाई न्यूट्रल र ६० देखि ८० सम्मलाई बुलिस भएको मानिन्छ । यस आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य आजको उच्च मूल्य ६७५ रुपैंया रहेको छ भने न्यून मूल्य ३८१ रुपैयाँ रहेको छ । कम्पनीमा ८० प्रतिशत स्वामित्व संस्थापक र २० प्रतिशत सर्वसाधारण समूहको रहेको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ४६,७० र ७४ बाट उच्च होल्डिङ रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर अपर ब्याण्डमा चलेको देखिन्छ । आज अपर ब्याण्डमा स्पिनिङ प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डीमा केही समय पहिले बनको बु्लिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभर बट जोन ८३ को तहमा पुगेको छ । एमएफआइले ७४ को तहमा वियरिस डाइभर्जेन्स बनाएको छ भने सेयरको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा बन्द भएको छ ।  

पिभट् प्वइन्टः  

पिभट् मार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ६७३

प्रतिरोध २ – ६२६

प्रतिरोध १–  ५८९

पिभट् प्वइन्टः ५४३

घटेमा सपोर्ट  

सपोर्ट १– ५०६

सपोर्ट २– ४५९

सपोर्ट  ३ –४२३

निष्कर्षःआधारभूत रुपमा यो कम्पनीको अवस्था ठीकै देखिन्छ । कम्पनीको बुक भ्यालु १ सय भन्दा तल अर्थात ६२ रुपैयाँ मात्रै रहेको छ भने जगेडा कोष तथा प्रतिसेयर आम्दानी र खूद मूनाफा नकारात्मक रहेको छ । प्राविधिक रुपमा यो कम्पनी बुलिस सेन्टिमेन्टमा चलेको छ । आरएसआई तथा मनी फ्लो इन्डेक्सबाट नियाल्दा कम्पनीको सेयर भाउ ओभर बट जोनमा पुगेको देखिन्छ । पिभट् मार्फत कम्पनीको सेयर भाउ नियाल्दा तेस्रो विन्दुसम्म पुग्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.