काठमाण्डौ । अमेरिकामा आएको भिषण हिमपातका कारण कम्तीमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाका मध्य पश्चिम र पूर्वी तटीय क्षेत्रमा एक दशकयताको अत्यधिक चिसो तापक्रम र भीषण हिमपात भएको छ । अत्यधिक चिसो र हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
मेरील्याण्ड,भर्जिनिया,वेष्ट भर्जिनिया,कान्सास,मिसौरीकन्टुकी र करकान्सास गरी सातवटा राज्यमा आपतकाल घोषणा गरिएको छ । यस्तै २ हजार ३ सय भन्दा बढी हवाई यात्रा रद्द हुनुका साथै ९ हजार वटा डिले भएका छन् । हिमपातका कारण विद्युत आपूर्ति र सडक यातायातमा समेत अवरोध सिर्जना भएको जनाइएको छ ।
हिउमा चिप्लिएर ३६५ वटा दुर्घटना भएको छ । जसमा एक जनाको मृत्यु हुनका साथै दर्जनौ घाइते भएका छन् ।