शुक्रबार, असार २६,२०८३ 11:17:23
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 11:17:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जगदुल्ला ठेक्का प्रकरणमा उर्जामन्त्री खड्काको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

Laxmi Sunrise Bank Limited
जगदुल्ला ठेक्का प्रकरणमा उर्जामन्त्री खड्काको कुनै संलग्नता नरहेको स्पष्टोक्ति

काठमाण्डौ । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ ।

उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले  उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको छुट्टै सञ्चालक समिति हुने भएकोले उक्त सञ्चालक समितिमा माननीय मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, आफूसँग नजोडिएको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेको कपोलकल्पित एवं भ्रामक समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,’– स्वकिय उपसचिव बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

New Office
CG Motors
Garima Development Bank

प्रकाशित समाचार सामाग्रीमा न्यूनतम सत्यतथ्य समेत एकीन नगरी समाचार प्रकाशन गरेको र  समाचार प्रकाशन गर्नुपूर्व अपनाउनुपर्ने सचेतना एवम् पत्रकारिताको मर्म र आचारसंहिता समेतको ख्याल नगरेको बताइएको छ । माननीय मन्त्रीजस्तो सामाजिक मर्यादामा रहने सार्वजनिक ओहोदामा रहेको व्यक्तिको सम्बन्धमा समाचार सम्प्रेषण गर्दा तथ्य यकिन गर्ने खोजपूर्ण र प्रमाणमा आधारित प्रक्रिया समेत अपनाएको नपाइएको विज्ञप्तीमा उल्लेख छ ।

‘प्रकाशित समाचारका सम्बन्धमा सम्बन्धीत जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडले समेत प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचार सामाग्री कपोलकल्पित, भ्रामक एवम् तथ्यहिन भएको स्पष्ट पारिसकेको अवस्था छ । यसरी तथ्यहिन समाचार सामाग्री प्रकाशन गर्दा माननीय मन्त्रीजस्तो सामाजिक सार्वजनिक ओहोदामा आसिन व्यक्तिको राजनीतिक एवम् सामाजिक चरित्रमा दाग लाग्ने एवं शारिरीक एवम् मानसिक क्षति हुने हुन्छ । यसको शोध भर्ना कहिँ कतैबाट हुनै सक्दैन,’विज्ञप्तीमा उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तो गम्भीर विषयमा राष्ट्रको चौँथो अंगका रुपमा रहेको सञ्चार माध्यमले यस्तो गम्भीर लापरबाही गर्नु शोभनीय नहुने विज्ञप्तीमा उल्लेख छ । सम्बन्धीत कम्पनीले जारी गरेको विज्ञप्तीमा मन्त्रीको कुनैपनि प्रकारको संलग्नता नभएको बताइसकेको छ । यस्तो सन्दर्भमा यस विषयलाई थप जालझेलको विषय नबनाउन र आफ्नो स्वार्थको रोटी सेक्ने काम नगर्नुहुन आम सञ्चार माध्यमलाई उनले आग्रह गरेका छन् ।  

मन्त्री र मन्त्रालयजस्तो गरिमामय संस्थाको विना आधार धज्जी उडाउने कार्यले किमार्थ कसैको हित हुन नसक्ने भन्दै उनले प्रकाशित समाचारको धरातल तथ्यविहिन भएको सन्दर्भमा उक्त सामाग्री हटाएर खण्डन प्रकाशित गर्नसमेत सञ्चार माध्यामलाई अपिल गरेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.