सोमबार, श्रावण २५,२०८३ 05:43:20
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 05:43:20
Bizshala
Global IME Bank Limited

२० हाइड्रो कम्पनीको सेयरभाउ रु.३ सयभन्दा कम, लगानीका लागि कति उचित ?

Prabhu Bank Limited
२० हाइड्रो कम्पनीको सेयरभाउ रु.३ सयभन्दा कम, लगानीका लागि कति उचित ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । सेयरबजारमा सर्वाधिक हाइड्रो समूहका कम्पनीहरु नै रहेकाले अधिकांश लगानीकर्ताको नजरमा हाइड्रो कम्पनी पर्ने गर्दछ ।  

बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुन थालेपछि त्यस्ता लगानीकर्ताले सर्ट टर्म वा मिड टर्म इन्भेष्टका लागि बढी हाइड्रो कम्पनी नै छान्ने गरेको देखिन्छ । यतिबेला बजारमा २० वटा कम्पनीको सेयरभाउ ३ सय रुपैयाँभन्दा कम छ।  

नेप्सेमा रहेका अन्य समूहका कम्पनीहरुको तुलनामा हाइड्रो कम्पनीहरुको सेयरभाउ कम छ । यो समूहको सूचीकृत कम्पनीको संख्या बढी हुनु र बैंक वित्तीय संस्था र बीमा कम्पनीको जस्तो वित्तीय अवस्था नहुनुले हाइड्रोहरुको सेयरभाउ निकै कम रहेको छ ।  

तर सस्तो सेयरभाउ रहे वाबजुत पनि हाइड्रोबाट केही लगानीकर्ताले उल्लेख्य नाफा कमाउन सफल पनि भएका छन् । बजारमा अहिले लो क्याप भएका कम्पनीमा लगनीकर्ताको बढी आकर्षण देखिन्छ । हाइड्रोपावर कम्पनीहरुमा पनि बढी लो क्याप कम्पनीहरु बढी चर्चामा आउने र सेयरभाउ बढ्ने देखिन्छ ।  

केही हाइड्रो कम्पनीको सूचीकृत संख्या कम हुँदा पनि सेयरभाउ भने ३ सय रुपैयाँ माथि कट्न सकेको छैन, कारण यस्ता कम्पनीको वित्तीय अवस्था नाजुक हुनु हो । त्यस्ता कम्पनीले न त राम्रो आम्दानी गरी नाफा नै कमाउन सक्छन् न त लगानीकर्तालाई राम्रो प्रतिफल बाँड्न नै । यसकारण केही कम्पनी लो क्याप भएपनि बजारमा गुमनाम जस्तै नै छ ।  

बजारमा अहिले सबैभन्दा सस्तो सेयरभाउ हिमाल दोलखा हाइड्रोपावरको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २०० रुपैयाँ छ । कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ८० लाख कित्ता छ । सूचीकृत सेयर संख्या धेरे भएकाले सो कम्पनी हाई क्याप कम्पनीमा नै गनिन्छ ।  

तीनसय रुपैयाँ भन्दा कम सेयरभाउ रहेका २० वटा हाइड्रो कम्पनीहरुको वित्तीय अवस्था पनि खासै सन्तोषजनक छैन । यसकारण पनि उक्त कम्पनीहरुमध्ये जम्मा २ वटा कम्पनीले मात्रै गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् भने अधिकांश कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा आह्वान गरेका छन् ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २० कम्पनीमध्ये ६ वटा कम्पनी घाटामा देखिएका छन् भने बाँकी कम्पनी नाफामा देखिएका छन् । तर त्यस्ता कम्पनीको नाफामा राम्रै सुधार देखिएपनि लगानीकर्ता भने ती कम्पनीहरुमा आकर्षित देखिएका छैनन् ।  

लगानीका लागि कति उचित ?

सेयरबजारमा यतिबेला २० वटा हाइड्रोपावर कम्पनीको सेयरभाउ ३ सय रुपैयाँ भन्दा कम छ । बजारमा सस्ता सेयरभाउ भएका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यी कम्पनीहरु छनोट गर्न सकिनेछ ।  

तर सस्तो सेयरमूल्य हुँदैमा त्यस्ता कम्पनीबाट नाफा कमाउन सकिन्छ भन्ने चाहिँ हुँदैन । लगानीकर्ताले आफैंले कम्पनीको वित्तीय अवस्था बुझेर मात्रै लगानी गर्नुपछ । २० वटा हाइड्रोपावर कम्पनीमध्ये चालु आवको पहिलो त्रैमाससम्म ६ वटा कम्पनी घाटामा छन् भने बाँकी १४ वटा कम्पनी भने नाफामा नै रहेका छन् ।  

लगानीकर्ताले बजारमा लगानी गर्नुअघि कम्पनीको सूचीकृत सेयर संख्या पनि हेर्न आवश्यक हुन्छ । बजारमा हाई क्याप भएका कम्पनीहरु खासै नचलेको अवस्थामा सस्तो सेयरभाउकै आधारमा लगानी गर्दा लगानी नउठ्ने सम्भावना पनि रहन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.