शनिबार, बैशाख ५,२०८३ 09:03:58
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 09:03:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका

Bizshala
मध्यराति ३ अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, अधिकांश लगानीकर्ताको मनोबल बढाउने प्रकृतिका
Shivam Cement

काठमाण्डौ । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।

यी तीनवटै अध्यादेश सार्वजनिक सेवा प्रवाह सहज बनाउन तथा लगानीको वातावरण तयार गर्ने खालका छन् ।  

मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अध्यादेशमा गैरआवासीय नेपालीलाई १० वर्षसम्म नेपाल बस्दा निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने र कम्पनीका कर्मचारीले प्राप्त गरेको कर्मचारी सेयर बिक्री सम्बन्धी व्यवस्था समेत गरिएका छन् ।  

सार्वजनिक सेवा प्रवाहलाई सरल र छरितो बनाउन पनि अध्यादेश ल्याउने निर्णय भएको छ ।  

सरकारी सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्थालाई समेत अगाडि बढाउने गरी अध्यादेश ल्याइनेछ ।  

सरकारले श्रमिकहरुको अवकाश उमेरको हद साबिकको ५८ वर्षलाई बढाएर ६० वर्ष पुर्याउने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।  

यस्तै, नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने र नगरेमा कारबाही हुने व्यवस्था समेत गरिएको एक मन्त्रीले जानकारी दिए । 

CG Motors
Garima Development Bank
IME remit

सामाजिक सुरक्षा भत्ताका लागि क्रमशः राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने र निवृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ ।

यसैगरी, नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न र विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने व्यवस्था समेत गरिएको छ ।

कम्पनी दर्ता सहज तरिकाले गर्न सक्ने, तर बन्द गर्दा हुने झन्झट अन्त्य गरिएको छ र कारोबार नभई बन्द हुन चाहने कम्पनी खारेजी गर्दा तिर्नुपर्ने जरिवानामा छुट दिने व्यवस्था समेत गरिएको छ ।  

विशेष आर्थिक क्षेत्रभित्र हाल उत्पादनमूलक उद्योगले मात्र सञ्चालन अनुमति पाएकोमा अब सेवामूलक उद्योग पनि स्थापना हुनसक्ने व्यवस्था समेत गरिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.