सोमबार, श्रावण २५,२०८३ 04:40:26
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:40:26
Bizshala
Global IME Bank Limited

लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारीका लागि एनआईसी एशिया बैंकको पोर्टल सञ्चालनमा

Prabhu Bank Limited
लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारीका लागि एनआईसी एशिया बैंकको पोर्टल सञ्चालनमा
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु,बैंकको नाममा रहेको गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ।बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। 

यसको लागि ग्राहकहरुले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआरकोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

यसरी ग्राहकहरूले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरे पश्चाचात खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ। 

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.