काठमाण्डौ । नेपाल प्रहरीले ४१ तोला सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका(९ भिमानमा ४१ तोला बढी अबैध काँचो सुनसहित बिक्रम साह नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो ।
ती व्यक्तिलाई बर्दिवासबाट काठमाण्डौ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१.३५ तोला काँचो सुनसहित पक्राउ गरिएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उक्त गाडीमा सवार पर्सा जिल्ला पोखरिया नगरपालिका वडा न.( ८, जगतपुरका ४८ वर्षीय बिक्रम साहको कालो रंगको झोलाभित्र कपडाले बेरिएको अवस्थामा बिल बिजक नभएको काँचो सुनसहित विभिन्न गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएको सुनको मुल्य ६४ लाख ६१ हजार ९ सय ८२ रुपैयाँ रहेको जनाइएको छ । शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                