मंगलवार, असार ३,२०८२ 01:20:30
  • मंगलवार, असार ३,२०८२ 01:20:30
Global IME Bank Limited

कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री

Hyundai Nepal
कुम्भ मेलाका बारेमा स्टिभ जब्सले लेखेको ५० वर्ष पुरानो चिठ्ठी ५ लाख डलर बढीमा बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलका दिवंगत सह–संस्थापक स्टिभ जब्सले भारतको कुम्भमेलाका बारेमा ५० वर्षअघि लेखेको चिठ्ठी ५ लाख डलर बढीमा बिक्री भएको छ । जब्सले कुम्भमेलाका बारेमा सन् १९७४ मा चिठ्ठी लेखेका थिए । उनले आफ्नो १९ औं जन्मदिन अघि उक्त पत्र लेखेका थिए ।  

हस्तलिखित उक्त चिठ्ठीमा भारत र आध्यात्मिकताका बारेमा चर्चा गरिएको छ । यसमा उनले आफ्ना भावना तथा भारतमा लाग्ने गरेको कुम्भमेलामा सहभागिता जनाउने योजनाका बारेमा उल्लेख गरेका छन् । रिपोर्टका अनुसार उनले यो चिठ्ठी आफ्ना मित्र टिम ब्राउनलाई पठाएका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्टिभ जब्सद्वारा लेखिएको यो ५० वर्ष पुरानो चिठ्ठीलाई लिलामीमा राखिएको थियो । जब्सले लेखेको चिठ्ठी लिलामीमा राखिएको यो पहिलोपटक हो । यो चिठ्ठीलाई एक व्यक्तिले ५ लाख ३१२ डलरमा बोलि लगाएका छन् ।  

उक्त चिठ्ठीमा जब्सले भारतको उत्तराखण्डमा नीम करोली बाबाको आश्रममा जाने योजना रहेको बताएका थिए । त्यस समय जब्सले भारतमा ७ महिना बिताएका थिए ।  

जब्सकी पत्नी पनि यतिबेला कुम्भमेलामा सहभागि हुन भारत भ्रमणमा छिन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.