शनिबार, असार ७,२०८२ 03:56:53
  • शनिबार, असार ७,२०८२ 03:56:53
Global IME Bank Limited

चिकित्सकहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’

Hyundai Nepal
चिकित्सकहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’
Nabil Bank Limited

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’अन्तर्गत यो विशेष योजना ल्याएको हो ।

क्यापिटलका चिफ बिजनेस अफिसर ओमकार मणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको सेयर भएपछी सो योजनामा सहभागि हुन सकिन्छ । यसमा वार्षिक सेवाशुल्कपुर्ण रुपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाड गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, मुनाफा भएको रकम त्रैमासिक रुपमा चाहेको बेला झिक्न सकिने र यसमा ५ लाखभन्दा माथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।

यो योजनामा सहभागि हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै, यस लगानी योजनामा सहभागि हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।  

यसका साथै सेयर बजारसम्बन्धी निःशुल्क तालिम र अन्य परामर्श सेवाहरु समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आवद्ध व्यक्तिहरुका लागि यो योजना लागू हुने क्यापिटलले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.