शनिबार, बैशाख ५,२०८३ 07:33:57
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:33:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’

Bizshala
भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ‘ब्रेकथ्रु’
Shivam Cement

काठमाण्डौ । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गरेकी हुन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल  भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो ।  

परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने अवधारणा अनुसार भूमिगत विद्युतिकरणको कार्यलाई उच्च प्रथामिकतामा रहेको उल्लेख गरिन् । अहिले तारहरु लत्रिएको, ठुलाको संख्यामा रहेका पोलहरु हट्दा महानगरको सौन्दर्यतामा वृद्धि भएर जाने उनले बताइन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पहिलो चरणअन्तर्गत भरतपुरका मुख्य सडक खण्डमा गरिएको कार्यले महानगरलाई स्मार्टका साथै सहज विद्युत आपूर्तिमा सहयोग पुग्ने उन भनाई थियो ।

महानगरपालिकामा भौतिक पूर्वाधार विकासको कार्य तीब्र रुपमा भएसँगै काठमाण्डौपछि भरतपुरमा यो परियोजना पहिलो पटक सुरु भएको प्रमुख दाहालको भनाई छ ।

भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतिकरण ११ केभी लाईन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिए । आयोजनाका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीब्र रुपमा अघि बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

१ महिनाभित्र ६ वटा फिटरबाट विद्युत आपूर्तिको कार्य पुरा हुनेछ भने ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उनले जानकारी दिए । भूमिगत विद्युतिकरणसँगै ईन्टरनेट फाईबर बिछ्याउने कार्य पनि अघि बढी रहेको छ । अबको ६ महिनापछि सबै पोलहरु हटाइने छ । सबै विद्युतिय संरचनामा भूमिगत विद्युतबाट विद्युत प्रशारण हुने आयोजनाले जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.